काठमाडौँ। सत्ता साझेदार दलमा मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो। बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेश गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ९ वटा मन्त्रालय पाउनुपर्ने दाबी पेश गरेको हो। यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी पेश गरेको छ। यस्तै लोसपाले २ वटा मन्त्रालय मागेको एक नेताले बताए । बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्यमात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको ती नेताको भनाइ छ।