धनगढी। धनगढीमा बुद्ध एयर जहाजद्धारा पुनः ‘ट्रेनिङ फलाइट’ गरिएको छ । धनगढीको आकाशमा बुद्ध एयरलाइन्सको जहाजले धनगढी विमानस्थल हुँदै बजार क्षेत्रमा फन्को मारेर उडेको उड्यै गरिरहेको हो।काठमाण्डौँबाट ८ः३० मा उडेको हो। तर ८ः४५ को प्लाइट थियो।
त्यस कारण ट्रेनिङ फ्लाइटको रुपमा परिक्षण भएको बुद्ध एयर धनगढीले बताएको छ। बुद्ध एयरले ट्रेनिङ फलाइट गरिरहेको बताइएको छ। अहिले विमान अवतरण भइसकेको छ। यसअघि पनि बुद्ध एयरको जहाजले एयर होस्टेजलाई समेत बाहिर राखेर दुई जना पाइलट र एक जना कोपाइलटले जहाज उडाइका थिए। यात्रु समेत राखेर ट्रेनिङ फलाइट गर्दा जोखिम हुने भएका कारण यात्रुबिना नै पाइलटले कोपाइलटलाई प्रशिक्षण दिएका थिए। आज जहाज धनगढी बजार क्षेत्रमा फन्को मारेर विमानस्थलमा अवतरण गर्ने र उडाउने काम भएको थियो।