धनगढी। कैलालीको टिकापुरका २ जना लागूऔषधसहित पक्राउ परेका छन्। प्रहरी टोलीले कैलालीको भजनी नगरपालिका–३ जसबहादुर घाटबाट उनीहरुलाई लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ का २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट १ ग्राम ७ मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरु पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।