काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर बिनाकारण बदनाम भएको बताएकी छिन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले टीकापुर बिनाकारण बदनाम भएको र टीकापुर हत्याराको उपमा पाएको भन्दै गुनासो गरेकी हुन् । उनले भनिन्,
टीकापुरले न्याय खोजेको छ,“टीकापुर घटनाले बिनाकारण बदनाम भयो टीकापुर। अछामी, थारु, पूर्वेली मधेसीबीचको द्वन्द्व देखाएर आरोपको सिकार भयो टीकापुर उनले भनिन् । उनले थपिन् “आगन्तुकले रगतको होली खेले, एकले अर्कोलाई घाइते बनाए । तर, बिनाकारण सबैको हत्यारा भयो टीकापुर।”
सांसद श्रेष्ठले राज्यले टीकापुरलाई न्याय दिनुको सट्टा आरोप र कर्फ्यु लगाइएको बताइन्। अत्यधिक मतले सांसद जितेका रेशम चौधरीको पूर्णकाल राज्यले खाइदिएको भन्दै उनले आफ्नो कार्यकाल पनि न्याय माग्दामाग्दै बित्ने त हैन ? भन्दै प्रश्न समेत गरेकी छिन्।