कैलाली। कैलालीमा कुटपिट मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका-१ वाढीपीडित शिविर बस्ने ३५ वर्षीय डोडालु भनिने मंगल चौधरीलाई पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीले कुटपिट मुद्धामा चौधरीलाई २०५८ भदौँ १३ गते १ महिना कैद र १ हजार ३ सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो। उनी त्यस समय देखी फरार रहेका थिए। कैद भुक्तान नगरी लुकिछिपी बसिरहेका चौधरीलाई घर नजिकबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्ने क्रममा चौधरीलाई नियन्त्रणमा लिइएको र कारागार चलान गरिएको बताइएको छ।


