धनगढी। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमालेका सदस्य कुटेको भन्दै कारवाहीको माग गरिएको छ । कञ्चनपुरको कृष्णपुर २ मा नेकपा एमालेका वडा कमिटीका सदस्य प्रकाश नाथ योगीमाथि कुटपीट गरिएको भन्दै एक प्रेस विज्ञप्ती जारी गर्दै कारवाहीको माग गरिएको हो।
एमाले कृष्णपुर नगरकमिटीले प्रेस विज्ञप्ती जारी गर्दै कृष्णपुर नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष अर्जुन साउँदले योगीमाथि कुटपिट गरेकाले कारवाही गर्न माग गरिएको छ। विज्ञप्तीमा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाकै उपस्थितिमा वडा अध्यक्ष साउदले हातपात गरेको उल्लेख गरिएको छ।
जारी प्रेस विज्ञप्तीमा कृष्णपुरस्थीत वडा नम्बर २ मा रहेको उदय सरस्वती बहुमुखी क्याम्पसमा स्वबियु निर्वाचनको बिषयलाई लिएर निर्वाचनको अघिल्लो दिन राती साढे ८ बजे कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन साउँदले बिद्यार्थी मतदातालाई बिभिन्न प्रलोभनमा पारिएर मत प्रभावित पार्न खोजीएको र सरकारी गाडीको दुरुपयोग गरी मत भोट माग्दै गर्दा नियम बिपरित गर्दा जनताले नियम पालना गर्छन् भनेर प्रश्न गर्दा त को होस् भन्दै वडा अध्यक्षले हातपात गरेको आरोप लगाइएको छ । यो हेर्नुहोस् बिज्ञप्ती


