कैलाली। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही महिनामै रिहा हुने बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्बेलनमा बोल्दै उनले सर्वोच्च अदालतबाट चौधरी रिहा हुने बताएका हुन् । उनले भने, ‘रेशम चौधरीलाई रिहा गर्नु पर्छ ।
थरुहट आन्दोलन ले उठाएका मुद्धाहरु सम्बोधन गर्नुपर्छ, उनले भने, ‘ रेशम चौधरी केही महिना भित्रै रिहाइ हुने, सर्वोच्च अदालतले रिहाइ गर्छ भन्ने सम्भावना देखिन्छ।’यस्तै पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी नेकपा तर्फ नफर्किने भएका कारण एकिकृत समाजवादी पार्टीले नेकपा छोडे एकताका लागी समस्या नरहेको बताएका हुन् । ‘नेकपा एस र जसपाको बिचमा एकता गर्ने कुराहरू चर्चा परिचर्चामा अगाडी बढेको छ। एक दुई पटक छलफल भएको छ।
धेरै कुरा मिल्छ एउटा समस्या छ जसपा समाजवादी पार्टी पार्टी हो अगाडी बढिसकेको छ’ उनले भने । नेकपा छोडेर एकीकृत समाजवादी मात्रै राखे एकता सम्भव छ।’ जनता समाजवादी पार्टीपनि कम्युनिस्ट आन्दोलनबाटै आएको बताउँदै यादवले अहिले कम्युनिस्ट त्यागेर समाजवाद तर्फ उन्मुख भएको दावी गरे । नेता कार्यक्रताहरुका बिच अन्य सबै तालमेल मिलेपनि कम्युनिस्ट छोड्ने बिषयमा नेकपा एकिकृत समाजवादीले निर्णय लिन नसकेका कारण एकता रोकिएको उनको भनाई छ ।