धनगढी। कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको मोहन्याल गाउँपालिका–५ तालबन्दस्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा गौरीगंगा नगरपालिका–७ का ४५ वर्षीय चक्र बहादुर जेठाराको मृत्यु भएको हो।
से २ त २८५० नम्बरको उक्त ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका जेठाराको उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिएका छन । जेठाराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मोहन्याल गाउँपालिका–५ की २० वर्षीया निर्मला रोका मगर र सोही ठाउँकी ४० वर्षीया गौमती विक घाइते भएका छन्।गौरीगंगा नगरपालिका ८ लिक्मा बस्ने ३४ वर्षीय ट्याक्टर चालक मानबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरुको उपचार भइरहेको छ ।