दार्चुला। दार्चुलाको नयाँ सीडिओको रुपमा गृह मन्त्रालयले किरण जोशीलाई पठाएको छ। गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुला सरुवा गरेर पठाएको हो। जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ बन्न सफल भएकी छिन्।
जोशी सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्नुभएको पहिलो महिला हुन्। बैतडीमा जन्मीएकी जोशी यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरिसकेकी छिन्। जोशी जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गरिकी छिन्।
उनले लोकसेवासम्बन्धी पुस्तकसमेत लेखीसकेकी छिन्। जोशीले हालसम्म खरिदार, उपसचिव र सहसचिव स्तरको लोकसेवा तयारीका पुस्तक लेखेको बताईन् । निजामति सेवामै रहनुभएका उनले श्रीमान सिद्धराज जोशीसँगको सहकार्यमा पुस्तक लेखीसकेकी छिन्। सिद्धराज जोशी यसअघि बैतडी, दार्चुलाको सीडिओ भएका थिए ।