धनगढी। धनगढीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-८ मा डेरा गरी बस्दै आएका ५५ वर्षीय गणेश कठायत मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका घर भएका कठायत आफ्नै कोठामा आज मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


