कैलाली। कैलालीमा जिपमा राखिएका अबैध काठसहित २ जना पक्राउ परेका छन् । कैलालीको मोहन्याल गाउँपालिका ७ पितमारी स्थित सोल्टा चिसापानी सडक खण्डबाट जिपमा राखिएका अबैध काठ बरामदसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आज बिहान २ः२० बजेको समयमा खटी गएको प्रहरी टोलीले सो सडक खण्डमा कुईनेबाट चिसापानी तर्फ आउँदै गरेको से १ ज ११४५ नम्बरको जिपलाई चेकजाँचका क्रममा ६३ वटा सालको कडी भेटिएको हो। उक्त काठसहित २ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ का ३८ बर्षिय दिनेश बिसी र घोडाघोडी नगरपालिका ४ बसन्ता का १८ वर्षीय राज रसाईली रहेका छन् । अबैध काठसहित २ जना र गाडी ईलाका प्रहरी कार्यालय चिसापानीको नियन्त्रणमा रहेका छन्। पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


