धनगढी। कुमार सीइएफसी जेभीले निर्माण गरिरहेको कञ्चनपुरको दोधरा–चाँदनी जोड्ने निर्माणाधीन ४ लेनको पुल करिब २० दिनका लागि बन्द गरिने भएको छ।
पुलको दुवै एबुटमेंट वालमा आरसिसी विग वाल निर्माण गर्नका लागि आजदेखि २० दिन सम्म बन्द गर्न लागिएको हो। उक्त समयमा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरिएको दोधरा चाँदनी नगरपालिकाका नि।प्रमुख प्रशासकीय अधिकृत भानदेव भट्टद्वारा जारी सूचनामा भनिएको छ। पुल चैत्र ३० गते सम्म बन्द रहने छ।
हाल दोधरा चाँदनीलाई जोड्न २०६१ सालमा बनेको झुलुङ्गे पुल मात्रै वैकल्पिक बाटोको रुपमा रहेको छ । त्यसअघि सडक मार्ग भएर दोधरा चादनी जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । ४ लेन पुल निर्माण भएपछि भने हाल दोधरा चाँदनी बासिलाई आवतजावत गर्न सहज भएको छ । दोधरा चाँदनी ४ लेन पुलको निर्माण काम २०७४ सालदेखि सुरु गरिएको थियो।