धनगढी। धनगढीमा आजबाट विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना हुँने भएको छ। आज देखी १३ गतेसम्म आयोजना हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। तर, प्रधानमन्त्री नआउने भएपछि प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गर्ने भएका छन्।
दिउसो १२ बजे सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा महोत्सव उद्घाटन हुने अध्यक्ष तीर्थराज पाण्डेयले बताए । विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ।
साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ। महोत्सव आयोजनाका लागि रु ५० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ।विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने साहित्य समाजका अध्यक्ष पाण्डेयले बताए। सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा ९अमेरिका० पनि सहभागी हुने जनाइएको छ। समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ।


