धनगढी : धनगढी स्थित एक्सिस बिद्याश्रममा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । एक्सिस बिद्याश्रम कक्षा १२ मा अध्ययनरत बिद्यार्थी तथा एक्सिस युथ रेडक्रसले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको छ । स्कुलकी प्राचार्यअनिता पन्तका अनुसार संकलन भएको रगत रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रलाई बुझाएको छ ।
हरेक बर्ष कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुद्वारा र बिद्यालयमा गठित युथ रेडक्रस सर्कलले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गक्दै आएको छ। बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभएर सामाजिक तथा मानविय कार्यमा अभिरुची बढाउनका लागी बिद्यालयले बिगत छ बर्षदेखी कक्षा १२ का बिद्यार्थीहरुको अगुवाईमा रक्तदाव कार्यक्रमको आयोजना गर्ने गरेको कुरा बिद्यालयका प्राचार्य पन्तले जानकारी दिइन् ।


