अछाम। अछाममा एक थान भरुवा बन्दुक बरामद गरिएको छ। अछामको चौरपाटी गाउँपालिका–५ भिमड खोलामा वेवारिसे अवस्थामा वेवारिसे अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय अछामले आज बिहीबार दिउँसो प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीटोलीले उक्त खोलामा एक थान भरुवा बन्दुक फेला पारि बरामद गरिएको जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको अछाम प्रहरीले जनाएको छ।