धनगढी। कैलाली बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनको मतगणना जारी रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म भएको मतदान आज दिउँसो साढे १ बजेबाट कैलाली बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको हो।
मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा विद्यार्थी संगठनहरुबीच सहमति हुन नसक्दा गणनामा ढिलाइ भएको थियो। स्ववियु निर्वाचन समितिका प्रमुख अम्बिकेश्वरप्रसाद जोशीले मतगणनाका कैलाली बहुमुखि क्याम्पसमा भएको बताउँदै मतगणना जारी रहेको बताए। ४९७ गणना हुँदा कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशीको १६६ मत छ । यस्तै नेविसंघबाट हरिस खत्रीको १५६ मत रहेको बताइएको छ।
सचिबमा सन्तोष पन्त :२०९,रमेश बोहरा : १२६, कोषाध्यक्षमा अम्बिका चौधरी : १७६ दिनेश जोशी : १२४ पुजा शाह : ९३ मत रहेको छ। मतगणना जारी रहेको छ। कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा थिए । यहाँ मिलन बिक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका थिए। जोशी एमाले र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार भएका छन्। कैलाली बहुमुखी क्याम्पसमा जम्मा मतदाता ४ हजार ३ सय ३३ रहेकोमा जम्मा मत २३६८ खसेको छ।


