धनगढी। कैलालीको भजनी नगरपालिका–५ मिलनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। लागूऔषध ३ ग्राम ५ मिलिग्रामसहित घोडाघोडी नगरपालिका–८ का २१ वर्षीय लक्ष्मण शाही पक्राउ परेका हुन्।
उनलाई बुधवार पक्राउ गरेको प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले से।२ प ८५७१ नम्बरको मोटरसाइकल चेकजाँच गर्र्दा चालक शाहीलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।


