कैलाली। सुदूरपश्चिम प्रदेशका सबै जसो छोटी भन्सार कार्यालय बन्द रहेका छन्। सुदूरपश्चिम प्रदेशका पाँच वटा मूल भन्सार कार्यालय मातहत रहेका प्रायः जसो सबै छोटी भन्सार कार्यालयहरु बन्द अवस्थामा रहेको पाइएका छन्। सुदूरपश्चिमका १७ वटा सबै छोटी भन्सार कार्यालय बन्द रहेका छन्।
सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएका छोटी भन्सार कार्यालयमध्ये केही मात्रै पुनः सञ्चालनमा ल्याइएपनी पुनः बन्द भएका छन्। द्वन्द्वकाल अघि छोटी भन्सार कार्यालय रहेको डडेलधुराको तातोपानी नाकाबाट दैनिक लाखौका व्यापारिक र घरायसी प्रयोजनका सामान भारतबाट भित्रिने गरेका गरेका छन्। भारतको टनकपुरदेखि तातापानी नाकाबाट परशुराम नगरपालिका,आलीताल गाउंँपालिकाका विभिन्न बजार र डोटीको बुडरसम्म व्यापारिक प्रयोजनका लागि सामान आयात गर्ने गरिएपनी अहिले बन्द अवस्थामा छन्
बैतडीको पञ्चेश्वर गाउँंपालिकाको धर्मघाटबाट पनि दैनिक लाखौंको सामान आयात हुने गरेको छ। बैतडीको तल्लो स्वराड र डडेलधुराका बजारमा पनि सोहि घाटबाट व्यावसायिक प्रयोजनका लागि मालसामान ल्याइने गरिएको छ । यस्तै दार्चुलाको सीता पुल र जोलजीवी नाका भएर भारतसंँग सीमा जोडिएका नाकाबाट आयात निर्यात तथा तस्करी हुने गरेको छ। यता तराइका कैलाली र कञ्चनपुरवाट समेत पुराना छोटी भन्सार कार्यालय रहेका नाकावाट दैनिक करोडौंका माल सामान आयात निर्यात हुने गरेको थियो।
सञ्चालनमा रहेका भन्सार कार्यालयको तुलनामा द्वन्द्वकालमा बन्द भएका सुदूरपश्चिम प्रदेशका १५ भन्दा बढी छोटी भन्सार कार्यालय रहेका नाकाबाट दोब्बर बढी सामान नेपाल भित्रिने गरेको थियो ।डडेलधुरा, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुरका डेढ दर्जन यस्ता अवैध नाकाबाट व्यावसायिक उद्देश्यका लागि नेपाल भित्रिने सामानको दैनिक मूल्यांकन गर्दा करोडौँ बढी हुन जाने भन्सार बिभागको भनाई छ। करिब एक सय ६२ वर्ष पहिले वि.सं. १९१७ मा सुदूरपश्चिमकै एक मात्र मुख्य भन्सारका रुपमा कञ्चनपुरको बेलौरी भन्सार स्थापना भएको थियो।
तत्कालीन समयमा कञ्चनपुर र कैलाली गरी दुई जिल्लाको सदरमुकाम रहेको बेलौरीबाट वि.सं.२०१९ मा त कञ्चनपुरकै सदरमुकाम पनि विस्थापित भयो । त्यसपछि बेलौरी भन्सार कार्यालय पनि मुख्य भन्सारको रूपमा निरन्तर कायम रहन नसकेर छोटी भन्सारका रुपमा परिणत भयो। भन्सार स्तरोन्नतिको सट्टा पछिल्लो एक वर्षयता कार्यालयमै ताला लगाई बेवारिसे छोडिएकोप्रति नागरिकस्तरबाट चिन्ता र चासो बढेको छ ।सुदूरपश्चिम प्रदेशमा रहेका पाँच वटा मूल भन्सार कार्यालय मातहत विभिन्न क्षेत्रमा गरी १७ वटा छोटी भन्सार कार्यालय छन् । केही छोटी भन्सार कार्यालयका नाममा बिघौँ जग्गा जमिन र भौतिक संरचना पनि छन् । तर सबै छोटी भन्सार कार्यालय बन्द छन् ।बन्द भएका अधिकांश भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउने कि के गर्ने भन्ने विषयमा सरोकारवाला पक्षले चासो देखाएको पाइँदैन।
त्यसो त कञ्चनपुरको बेलौरीस्थित छोटी भन्सार कार्यालय स्तरोन्नतीको आवाज भने बेलाबेलामा उठ्ने गरेको छ ।राजस्वको सम्भावना भएका भन्सार कार्यालयहरु पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता छ । होइन भने अर्थ मन्त्रालयले भन्सारलाई राजस्वको केन्द्रबिन्दु भन्दापनि व्यापार सहजीकरण र सामाजिक सुरक्षाको केन्द्रबिन्दुको रुपमा प्रवर्द्धन गर्ने नीति लिनु पर्दछ ।द्वन्द्वकालीन समयमा सुरक्षाको दृष्टिकोणले वन्द गरिएका सुदूरपश्चिम प्रदेशका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा नआउँंदा बर्सेनि करोडौंको राजस्व चुहावट हुनुका साथै सीमा क्षेत्रमा आर्थिक अपराधका घटना वृद्धि भएका छन। द्वन्द्वकाल अघि छोटी भन्सार कार्यालय रहेका प्रायः सबै ठाउंँमा सुरक्षा निकायको उपस्थिति रहेको छ। प्रहरी र सामान वारपार गर्ने व्यवसायीका बीच अघोषित सम्झौताअनुरूप सबै नाकामा तस्करी बढेको गुनासो बढ्ने गरेको छ । त्यसपछि बेलौरी भन्सार कार्यालय पनि मुख्य भन्सारको रूपमा निरन्तर कायम रहन नसकेर छोटी भन्सारका रुपमा परिणत भएको थियो । भन्सार स्तरोन्नतिको नहुँदा पछिल्लो एक वर्षयता कार्यालयमै ताला लगाईदा सञ्चालनमा नल्याइने हो की भन्ने चिन्ता तथा चाँसो बढेको छ। सबै जसो छोटी भन्सार कार्यालय बन्द भएका अधिकांश भन्सार कार्यालय पुनः सञ्चालनमा माग गरिएको छ ।

