कैलाली। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलालीका २ क्याम्पसमा स्ववियु निर्वाचनअन्तरगत जारी रहेको छ । कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा र अत्तरियामा रहेको दुर्गा लक्ष्मि बहुमुखी क्याम्पसमा आज बिहान ८ बजे देखी मतदान जारी रहेको हो।
कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा छन्। यहाँ मिलन बिक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका छन्। जोशी एमाले र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार भएका छन्। कैलाली बहुमुखी क्याम्पसमा ४ हजार ३४५ मतदाता रहेका छन्। अहिलेसम्म ८ सय भन्दा बढी मत खसी सकेको बताइएको छ।
उता दुर्गा लक्ष्मि बहुमुखी क्याम्पस अत्तरियामा भने क्याम्पसमा स्ववियु सभापतिका लागि ५ जना चुनाबी मैदानमा होमिएका छन। नेबिसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौको संयुक्त प्यानलबाट भुवन महरा, स्वतन्त्रबाट लोकराज ओझा, अनेरास्वबियु बाट पुस्प सुवेदी, स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्ना र अनेरास्ववियु (क्रान्तिकारी) सँयुक्त प्यानलबाट पुष्करराज जोशीले उम्मेदवारी गर्दा गराएका छन । क्याम्पसमा १ हजार १ सय ७१ जना मतदाता रहेका छन। बिहान ८ बजे देखि जारी मतदान मा अहिलेसम्म ४ सय ५० मत खसेको निर्बाचन अधिकृत लोक बहादुर महराले बताए । ३ वटा मतदान बुथमा बिद्यार्थीहरुले मतदान गरिरहेका छन् । १४ बर्ष पछि यो क्याम्पस मा स्वबियु निर्वाचन भइरहेको छ। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने २१ गते निर्वाचन हुँदै छ ।