योगेन्द्र नायक,धनगढी । चैत ८ गते अर्थात् बुधबार सुदूरपश्चिम विश्वविद्यालयका १० आङ्गिक क्याम्पसमा निर्वाचन हुँदैछ । जसअनुसार सुदूरपश्चिमकै सबै भन्दा बढी चासोको रूपमा हेरिएको कैलाली बहुमुखी क्याम्पसमा पनि बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुनेछ।
चुनावको तयारी लगभग अन्तिम चरणमा पुगेको छ। भने विद्यार्थीहरू आफ्नो नेतृत्व चयन गर्न आतुर छन् । स्वतन्त्रदेखि पार्टी निकटका विद्यार्थी सङ्गठनहरू प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन् । सभापति पदमा मात्रै दुईजना स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी परेको छ। अनेरास्ववियुबाट यमराज जोशी, अखिल (क्रान्तिकारी) बाट पवन सुनार, नेपाल विद्यार्थी संघबाट हरिश खत्री, राप्रपा विद्यार्थी संगठनबाट नविन शाहु, स्वतन्त्रबाट खगेन्द्र प्रसाद अवस्थी र धुर्वराज न्यौपाने सभापति पदको उम्मेदवार छन्।
उनीहरुले आफ्ना एजेण्डासहित मतदातासँग मत मागिसकेका छन्। अब मतदान हुन मात्रै बाँकी छ। उनीहरु सबै जनाले आ–आफ्नो जित हुने दाबी गरेका छन्। त्यसमा पनि अनेरास्ववियुबाट सभापति पदका उम्मेदवार यमराज जोशीले आफ्नो जित पक्का जस्तै भएको दाबी गरेका छन्। आफू हालसम्म विद्यार्थीको हकहितका लागि काम गर्दै आएका कारण आफू लगायत सिङ्गो प्यानलले जित्ने उनको दाबी छ। क्याम्पसमा विगत २०७३ सालमा स्ववियु सदस्य भई काम गरेका यमराज जोशी २०७३ सालदेखि निरन्तर कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका बिचमा रहेर विभिन्न संघ संस्थामा आबद्ध हुँदै काम गर्दै आएका व्यक्ति हुन ।
निरन्तर कैलाली बहुमुखी क्याम्पसको स्वबियु सभापति जित्दै आएको अनेरास्वबियुले यसपालीपनि जित्ने दावी गरेको छ । नेकपा एस निकटको अनेरास्वबियुसंगको सहकार्यले बिजयी हुनमा झन टेवा पुगेको उमेदवार जोशीको भनाई छ। ‘विगतमा गरेका कामलाई अघि सार्दै केएमसीको स्ववियू सभापतिमा उम्मेदवारी दिएको हुँ,’ जोशीले भने,‘विभिन्न क्षेत्रमा आबद्ध भएर काम गरिसकेको छु, केएमसीलाई विगत लामो समयदेखि गहिराई रूपमा नियालिरहेको छु । विद्यार्थीहरूको साझा संस्थाको रूपमा स्ववीयूलाई बुझ्दै आइरहेकोले विगत वर्तमान र भविष्यको मुल्याङकन गरेर सम्पूर्ण विद्यार्थीहरूले विजयी गराउनुहुनेछ भन्नेमा म ढुक्क छु ।’
यस्तै अनेरास्वबियुबाट सभापतिको उमेदवार बनेका छन् पवन सुनार । नेकपा बिप्लव निकटको अखिल क्रान्तकिारी र बैद्य निकटको क्रान्तीकारी संग सहकार्य गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तीकारीको तर्फबाट सुनार सभापतिको उमेदवार बनेका हुन्। पुराना माओवादी एक भएकै कारण जित निश्चित रहेको सुनार बताउँछन् । माओवादी घटक का विद्यार्थी संगठन एक भएर लड्दै छौ उनले भने “हिजोको भन्दा आज हामि थप बलियो भएका छौ, म क्याम्पसको नियमित र बि बि ए को विद्यार्थी हु, क्याम्पस का हरेक गतिविधिमा निरन्तर विद्यार्थी सगै जोडिएर काम गरेको छु ।”
उच्च माध्यमिक तहदेखी यसै कैलाली बहुमुखी क्याम्पसमा म निरन्तर अध्यायनरत बिद्यार्थी हुँ उनले भने “विद्यार्थी माझ लोकप्रिय भएको,कला साहित्य क्षेत्रमा राम्रो दख्खल भएको म मा अनुभव छ र अन्य संगठनबाट स्वतन्त्र उम्मेदवार लडेकाहरुको पनि आन्तरिक साथ हुने भन्ने बिश्वास छ ।” यस्तै नेपाल बिद्यार्थी संघका तर्फबाट हरिश खत्री स्वबियु सभापतिको उमेदवार छन् । उनिपनि आफ्नो संगठन र ब्यक्तीगत कारण जित्नेमा ढुक्क छन् । स्वतन्त्र उमेदवारी दिएका धुर्ब न्यौपानेले मलाई समर्थन गरिसक्नुभएको छ उनले भने “एमाले र माओवादीहरुले हार्ने त्रासकै कारण गठबन्धन गर्नुभएको छ, हामी एक्लै छौँ, जित हात पार्नका लागी हामी एक्लै काफी छौँ, हाम्रो जित शुनिश्तिच छ ।” बिद्यार्थीहरुले बिगतका नेतृत्वको राम्रोसंग मुल्याकंन गर्नुभएको छ उनले भने “यस पटक नेबीसंघ बिद्यार्थीको रोजाइमा परेको छ, हामी जित्छौँ, माहोल राम्रो बनेको छ ।” कैलाली बहुमुखी क्याम्पसमा ४ हजार ३४५ मतदाता रहेका छन् ।

