कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगर आइरहेका एक जना युवक भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । नेपाल-भारत सीमावर्ती बजार बनबासाबाट महेन्द्रनगरतर्फ आइरहेका युवकलाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
अवैध ४२ हजार भारतीय रुपैयाँसहित बरेलीको इज्जतनगरस्थित खजुरिया जुल्फिकार थाना घर भएका करामत खानलाई भारतीय प्रहरीले पक्राउ गरेको हो। बनबसास्थित शारदा बैराज प्रहरीका थानाध्यक्ष लक्ष्मण सिंह जगवाणले उनीसँग कुनै पनि कागजपत्र नभएको र २५ हजार भारु भन्दा बढी रकम नेपाल लैजान नपाउने भएपछि पक्राउ गरिएको बताए।
भारतबाट दुई हजार र पाँच सय रुपैयाँका नोट नेपाल ल्याउन पनि प्रतिबन्ध छ। आरोपीको साथबाट बरामद सबै नोट ५ सय रुपैयाँका मात्र थिए। ति युवक क्यासिनो खेल्न नेपालतर्फ गइरहेको र महेन्द्रनगरमा खुलेका क्यासिनोमा भारतीय ग्राहकहरुको ठुलो भिडभाड हुने गरेको बताइएको छ।


