धनगढी : मालिकार्जुन दार्चुला सेवा समिति कैलालीले धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको छ । समितिले छैटौँ पटक धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको सेवा समितिका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिए ।
आगामी चैत २५ गते शनिबार धनगढी ५ तारानगर चित्रकुट स्थित समितिको कार्यालयमै हुने रक्तदान कार्यक्रममा सहभागीताका लागी पन्तले आग्रह गरेका छन् । समितिले बिगतबाटै यस्ता सामाजिक कार्य गर्दै आएको बताउँदै पन्तले सामाजिक उत्तरदायित्व स्वरुप रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

