कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका-७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुगरखालबाट भजनी नगरपालिका ९ कुणीतर्फ आइरहेको सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको हो।
अनियंत्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।उनका अनुसार मृत्यु हुनेमा मृत्यु भजनी ९ की चाहाना चौधरी र दिल रानी चौधरी रहेका छन्।उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
वर्दगोरीया अस्पतालमा उपचाररत घाइतेहरूमा भजनी ९ बस्ने दोहती डगौरा,पेपी डगौरा,ज्योती चौधरी,मगुली चौधरी,मेदी डगौरा,मधु चौधरी,रुपा चौधरी,हिमान्सु चौधरी,अनिता चौधरी,रिदम चौधरी,आरोही चौधरी,तुन्नि चौधरी,ओली चरण चौधरी,रिवस चौधरी छन् । यस्तै घोडाघोडी अस्पताल सुखडमा उपचाररत घाइतेहरूमा भजनी ९ बस्ने,रोहन चौधरी,कृष्णी देवी डगौरा,रत्ना चौधरी,आशा देवी डगौरा,सग्रामी चौधरी,बिपिन चौधरी,फुलराम चौधरी,सन्तोष चौधरी,हिरा चौधरी,रिता चौधरी,क्षितिज चौधरी,अमन चौधरी,रिया चौधरी,बिरेन्द्र चौधरी,सानु चौधरीअपेक्षा चौधरी,राकेश चौधरी, सबिन चौधरी रहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले अहिले घटनास्थलबाट ट्याक्टर नियन्त्रणमा लिएको र ट्याक्टर चालकको खोजतलास भैरहेको जनाएको छ।