धनगढी। सुदूरपश्चिम प्रदेशका ३४ मध्ये ३३ क्याम्पसको नतिजा सार्वजनिक भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आइतबार प्रदेशका ३६ वटा क्याम्पसमा सुरू भएको थियो। डोटी क्याम्पसमा विवादका कारण मतदान रोकिएको थियो।
त्यहाँ निर्वाचन स्थगित भएको छ। निर्वाचन सम्पन्न भएका क्याम्पसहरूको नतिजा हेर्दा सोमबार दिउँसोसम्म अनेरास्ववियुले १६ वटा क्याम्पसमा जित हात पारेको छ।यस्तै, नेपाल विद्यार्थी संघले ८, अखिल क्रान्तिकारीले ८, विप्लव क्रान्तिकारीले १ क्याम्पसमा जित हासिल गरेको हो। बाजुराको बुढीनन्दा क्याम्पसमा भने मत गणना रोकिएको छ।