धनगढी। कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। । कैलालीको भजनी नगरपालिका–३ कुडि चोकमा से।२ त १०२० नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ। कैलाली प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो।
ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको र ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालाीले जनाएको छ।


