धनगढी : कैलालीको मोहन्यालबहुमुखी क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन् ।
प्रतिद्धन्द्धी नेविसंघका वीरेन्द्र भण्डारीलाई एक मतले हराउदै उनी विजयी भए । खत्रीले २५ मत पाउदा भण्डारीले २४ मत ल्याए । एमाले निकट अनेरास्ववियुका सुनिलकुमार चौधरीले भने १४ मत पाएका छन् ।
सचिवमा भने नेविसंघका ज्ञानबहादुर खाती २४ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरीले २८ मत पाएर विजयी भएकी छन ।


