धनगढी। कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन् । उनले २५ मत पाए । नेपाल विद्यार्थी सङ्घका वीरेन्द्र भण्डारीको २४ मत पाएका थिए । भण्डारी भन्दा १ मत बढि पाएर खत्री विजयी भएका हुन्।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सुनिल कुमार चौधरीले १४ मत पाएका थिए । सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी हुँदा कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरीले २८ मत पाएर विजयी भएकी हुन् ।


