धनगढी। सुदूरपश्चिम एकल लोक गायनको उपाधि कैलालीका प्रकाश विश्वकर्माले जितेका छन्। शनिवार धनगढीमा भएको प्रादेशिक एकल लोक गायनको उपाधि उनले जितेका हुन्। प्रथम भएका प्रकाशले नगद २५ हजारनगद सहित प्रमाण पत्र र ट्रफी पाएका छन्।
कञ्चनपुरका कुलेन्द्र परियार दोस्रो भएका छन्। उनले नगद २० हजार पाएका छन्। डडेल्धुराका अर्जुन चटौत तेस्रो भएका छन्। उनले १५ हजार नगर पुरस्कार पाएका छन्। अछामका प्रदिपकुमार विकले १० तथा बैतडीका भरत बोहराले तीन हजार रुपैया पाएका छन्। विकलाई सन्तवना पुरस्कार दिइएको हो भने बोहरालाई विशेष प्रस्तुतीका लागि पुरस्कार दिइएको हो। उनीहरुलाई नगद सहित प्रमाण पत्र र ट्रफी बितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको प्रदेश कार्यसमिति महिला सहसचिव सरिता कठायतले बताइन्।
राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान, सुदुरपश्चिम र सामाजिक विकास मन्त्रालयकोे समन्वय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा धनगढीमा शनिवार प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता भएको हो। ‘नव प्रतिभाको पहिचान, लोक संस्कृती संरक्षणकालागी हाम्रो अभियान’ भन्ने नारासहित प्रदेशभरीकै लोककला संरक्षण र पर्यटन प्रबद्र्धन गर्न प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा प्रमुख अतिथि , बिशिस्ट अतिथि, प्रतिस्ठान केन्द्रिय उपाध्यक्ष सचीव, सदस्य, निवर्तमान र बर्तमान प्रदेश कार्यसमितिका ब्यक्तीत्व, प्रतिष्ठान जिल्ला प्रतिनिधि,कलाकार लगायत उपस्थिति रहेको थियो।


