अछाम। अछाममा शनिवार चट्याङ लागेर एक जना घाईते भएका छन् भने ९ बाख्रा मरेका छन्। अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बाख्रा चराउन गएकि बालिका घाइते भएकी हुन । स्थानीय मनीराज भट्टराईका अनुसार चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका हुन भने बालिका सामान्य घाइते भएकी हुन्।
शनिवार साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतकृषकका ९ वटा बाख्रा मरेका बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।