महेन्द्रनगर। धनगढीबाट नेपालगञ्ज लगिएको एयरक्राफ्ट म्युजियम महेन्द्रनगर पुगाइएको छ । ९ बर्ष अगाडी कैलालीको धनगढीमा राखिएको एयरक्राफ्ट म्युजियम महेन्द्रनगर पुगेको हो ।धनगढीमा ठाउँ अभाव भएको भन्दै नेपालगञ्ज लगिएको एयरक्राफ्ट म्युजियम महेन्द्रनगरमा स्थापना गरिएको हो।



२०७१ असोज १ गते धनगढीमा स्थापना गरिएको एयरक्राफ्ट म्युजियम २०७८ पुसमा नेपालगञ्ज लगिएको थियो । एयरक्राफ्ट म्युजियम डेढ करोडको लगानी गरेर पुनः महेन्द्रनगरमा स्थापना गरिएको छ। शनिबार म्युजियमको महेन्द्रनगरमा औपचारिक शुभारम्भ गरिएको छ। यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीय स्तरमा रोजगारी सृजना गर्न र हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आकर्षित गर्न म्युजियम स्थापना गरिएको क्याप्टेन वेद उप्रेतीले जानकारी दिएका छन।
एयरक्राफ्टभित्र सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्विरसँगै म्युजियमबारे १० मिनेटको बृत्तचित्र पनि राखिएको छ । अवलोकन गर्न आउनेका लागि रेष्टुरेण्ट समेत सञ्चालनमा ल्याइएको छ। के कती कारणले महेन्द्रनगर पुर्याएको भन्ने खुलाइएको छैन्। धनगढीमा म्युजियम अवलोकनका लागि भारतीय नागरिकसमेत आउने गरेका थिए । फोटोग्राफीमा सोखिन उप्रेतीले हवाई उडानका बेला र अघिपछि देशविदेश घुम्ने क्रममा क्यामरामा कैद गरेका फोटोहरू एयरक्राफ्टभित्रै प्रदर्शनीमै राखेकाले आकर्षण बढाएको थियो । क्याप्टेन उप्रेती ट्रस्टअन्तर्गत स्थापना गरिएको दुर्गा उप्रेती कोषको रकम सुदूरपश्चिमका क्यान्सरपीडितलाई सहयोग गरिदै आएको थियो । उनका बुबा दुर्गा उप्रेतीको क्यान्सरबाट मृत्यु भएको थियो । यो अवधीमा कोषबाट क्यान्सर पीडितलाई ५० हजारसम्म सहयोग गरेको बताएका थिए।
