कैलाली। कैलालीमा एक सहकारीमाथि तोडफोड भएको छ । कैलालीको गोदावरी नगरपालीका ८ स्थीत जमुनानगरमा रहेको सिर्जनशिल बहुउदेश्यीय महिला विकास सहकारीको कार्यालयमा गएराती तोडफोड भएको हो। शुक्रबार राती सहकारीको लकर चोरले तोडफोड गरेर चोरीको प्रयास गरिएको सहकारीले अध्यक्ष भावना खड्काले बताईन।
स्थानियका अनुसार शुक्रबार राती करिब १२ बजेतिर सहकारीमा केही युवाहरु उभिएको देखिएका थिए । ति युवाहरुले नै चोरी गर्ने प्रयास गरेको हुनसक्ने अध्यक्ष खड्काको भनाई रहेको छ । चोरले कार्यालयका दुवै कोठामा लगाईएका ताल्चा तोडेको छ भने कोठामा रहेका दराज तथा गल्लाहरु खोलेको छ । त्यस्तै कोठामा राखिएको लकर तोडेर चोरले पैसा चोरी गर्न खोजेको अध्यक्ष खड्काले बताईन । लकरलाई घोप्ट्याएर तोडिएको भएपनी लकरमा पैसा नराखेका कारण चोरले चोरी गर्न भने नपाएको अध्यक्ष खड्काले बताईन।
कर्मचारीहरुले उठाएको बचत शुक्रबार भएका कारण अत्तरिया गएर बैंकमा नै जम्मा गरेका रहेछन्’ उनले भनिन् ‘पैसाकै लागी चोरी गर्न खोजिएको छ । अन्य कुनै पनि सामानहरु तोडफोड बाहेक केही भएका छैनन ।’ उनले सहकारीले के कहाँ राख्छ भन्ने कुरा जानेकै मान्छेले चोरीको प्रयास गरेको बताईन । ‘हामीले सहकारीको बाहिर साईरनवाला ताल्चा लगाएका थियौँ, तर त्यो ताल्चा तोडेर फालिएको छ’ उनले भनिन् ‘त्यो सब कुरा जानेकै मान्छेले चोरी गर्न खोजेको हो । पैसा नपाएर त्यत्तिकै छोडेर गयो । सहकारीकी व्यवस्थापक गौरी चौधरीले सहकारीका बारेमा जानेकै मानिसले चोरी गर्न खोजेको बताईन । उनले सहकारीमा पैसा चोरी नभएपनि करिब २ लाखको क्षती भएको बताईन । पैसा नराखेकाले चोरी हुन नपाएको तर चोरले तोडफोड गर्दा २ लाखको क्षती गरेको उनले बताइन् ।