धनगढी। धनगढी उमहानगरपालिकाको राजस्व विभागको टोली घर बहाल कर उठाउँन आएको भन्दै ब्यवसायीले आपत्ती जनाएका छन् । टोली धनगढी वडा नम्बर ८ क्याम्पस चोक पुगेपछि ब्यवसायी गरिरहेका ब्यापारीहरुले जानकारी नदिई कर उठाउँन आएको भन्दै विरोध गरेका हुन्।
घरवहाल कर घरवेटीले दिनु पर्ने भएपनि ब्यवसायीबाट उपमहानगरपालिकाले पसलमै आएर पैसा उठाएको भन्दै धनगढी ८ का सुनचाँदी ब्यवसायी दिपक घिमीरेले आक्रोस पोखे । उनले भने, पसलमा आएरमा ब्यवसायीक कर उठाइरहेको र रसिद भोली दिन्छु भनेर नगरपालीकाका कर्मचारीले करको नगद पैसा लगेको उनले भने । मलाई यसरी पसलमै आएर कर उठाउनु ठिक नभएको उनले भने । ब्यवसायीहरु अहिले चर्काे ब्याजदर विरुद्ध आन्दोलित भईरहेका वेला फेरि उपमाहनगरपालिकाले त्यस माथी पिडा थपेको उनिहरुको गुनासो छ।
उनीहरुले धनगढीमा नाम चलेका स्कुल, कलेजदेखि ठूला सपिङ मल, होटलसम्मले घरजग्गा र बहाल करबापत झन्डै करोडाँै रकम वुझाउनु पर्ने भएपनि उपमहानगरपालिका साना तथा आर्थिक अवस्था कमजोर भएका ब्यवसायी लाई मात्रै दुख दिएको आरोप लगाए। उपमहानगरपालिकासहितका निकायले उनीहरूलाई करको दायरामा ल्याउन ठोस पहलसमेत गर्न सकेको छैनन् । कर छलीका कारण धनगढीमा बर्सेनिं करोड रुपैयाँ राजस्व घाटा भइरहेको छ। बढी राजस्व तिर्नुपर्ने धनाढ्यहरू राजनीतिक संरक्षणमा उनिहरु बाट चुक्ता गराउन नसक्ने उपमानगरपालिकाले साना ब्यवायी लाई दुख दिएको ब्यवसायी अर्का ब्यवसायी टिका भट्टले बताए । उनले यीनीहरु बिना जानकारी पसल पसलमा चन्दा सँकलन गरेजस्तै ब्यवसायीक कर मागी रहेको बताए। उनले भने, पसल पसलमा गएर चन्दा सँकलन गरेजस्तै पैसा उठाउनु ठिक भएन,उपमहानगरपालीकाले एउटा सुचना त दिनुपर्छ नी उनले भने, यो घर बहाल कर हो सुचना दिएर या माइकिङ्ग गर्नुपर्छ कसमेकम। हामी पनी सचेत हुन्थ्यौँ, त्यसरी राम्रो हुन्थ्यो । हामीले कर दिन्छौँ नदिने कुरो होइन् उनले थपे। नगरपालीकाका कर्मचारी पैसा लगेर जाने तर रसिद ब्यवासायीलाई नदिदा कुन ब्यवासायीले कती पैसा दियो भन्ने पनी थाहा हुँदैन् । एक्कासी आएर पैसा उठाउनु ठिक भएन, हामीले सुचना बिना कसरी पैसा दिने, यसको प्रक्रिया होला उपमहानगरपालीका सँग उनले भने । धनगढी ८ क्याम्पसरोडका बलराम पाठकले ब्यवसायीक पसल दर्ता छकि छैन भनेर छानबिन गर्नुपर्छ, दर्ता नभएकालाई दर्ताको प्रक्रियामा ल्याएर सञ्चालन गरिनु ठिक हो तर एकाएक उपमहानगरपालीकाका कर्मचारीले कर उठाउन आउँछन्, रसिद दिँदैनन् उनले भने।
रसिद त लिएर आउनुपर्ने, ब्यवसायीलाई सुचना गर्नुपर्ने, बिना सुचना घरबहाल कर उठाइराखेका छन् उनले प्रश्न गरे। बिशेष त घरबेटीले घर बहालकर दिनुपर्ने हो तर ब्यवसायी गरिरहेकाहरु मार्फत कर उठाइ राखेका छन् । यो ठिक तरीका भएन उनले भने । ब्यवसायीले आन्तरीक राजस्व, बाणिज्य कार्यालय, उद्योग बाणिज्य संघमा दर्ता गराएका छन् । यसरी ब्यवसायी ब्यवसाय गर्न नसक्ने अवस्था आउने उनको भनाई छ । यता धनगढी उपमहानगरपालिकाको राजस्व शाखा कार्यालयले पटक–पटक सूचना प्रकाशित गर्दा पनि कसैले कर तिर्न चासो नदिएको बताएको छ । व्यावसायिक प्रयोजनका लागि घर भाडामा दिने व्यक्तिले पनि वास्तविक बहालभन्दा निकै कममा सम्झौता भएको देखाएर कर छल्ने गरेका कारण उपमहानगरपालिका कडाईका साथ प्रस्तुत भएको उपमहानगरपालिकाले दावी गरेको छ।
उपमहानगरपालीकाबाट ब्यवसायीक र बहाल कर संकलन गरिरहेकी कर्मचारी सरस्वती जोशी धामीले अनुगमनका क्रममा बहाल कर नतिरेको देखीएको बताईन् । उनले २०७६ साल देखी स्थानिय तहलाई कर संकलनका लागी जिम्मेवारी तोकिएकाले अहिलेसम्म बहाल कर नतिरेको देखीएको उनले भनिन् । त्यसकारण अनुगमनका क्रममा बहालकर उठाइरहेको बताइन् । रसिद पनी नतिरेको देखीएकाले कहिले देखी बसेको हो त्यो अनुसार बहाल कर लिइरहेको बताइन् । उनले भनिन् मेरो रोडको १० हजार छ, १० हजारको १० प्रतिशत र भित्री सडकमा ५ हजारको १० प्रतिशतका दरले लिइरहेको बताइन् । असारसम्मको घरबेटी र ब्यवसायीको सम्झौता अनुसारको बहालकर लिइरहेको बताए ।घर धनी र ब्यवसायी विच घर वहाल करमा स्पष्ट सम्झौता हुनुपर्ने उपमहानगरपालिकाले जनाएको छ । संविधानले तोकेको घर बहाललगायतका कर वडा कार्यालय तथा उपमहानगरपालिका वुझाउन नआएपछि आफै पसलमा पुगेर उठाएको दावी उपमहानगरको छ । स्थानीय स्वायत्त शासन नियमावलीअनुसार सरकारी तथा निजी स्वामित्वमा रहेका कुनै पनि संस्थाले आफ्नो भवन व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गरेमा कर तिर्नुपर्ने कानुनी प्रावधान छ। बहालमा दिएका घर, पसल, ग्यारेज, टहरा, सेड (छप्पर), कारखाना, जग्गा आदिबाट २ प्रतिशत कर असुलउपर गर्ने कानुनी व्यवस्था छ।भिडियो हेर्नुहोस् तल
https://www.facebook.com/supamedia01/videos/520213286952750