काठमाडौं। नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान सकिएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे।
संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए ।मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने र साँझ ६ बजेसम्म नतिजा आउने निर्वचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ। उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।
यी हुन् उपराष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसदहरू
१. राप्रपा संघ १४, प्रदेश २८ गरि जम्मा – ४२ जना
२. नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा – ४ जना
३. राष्ट्रपति रामचन्द्र पौडेल – १ जना
४. संघका चन्द्र चण्डारी (बिरामी) – १ जना
५. संघका बर्षमान पुन (बिरामी) – १ जना
६. संघका सनाज रहमान (मृत्य) – १ जना
७. संघमा लक्ष्मी कोईरी महतो (फरार) – १ जना
८. जसपा प्रदेश सांसद– १ जना
९. संघको मनोरमा शेरचन (बिरामी) – १ जना
– संघमा २१ जना
– प्रदेशमा ३२ जना