धनगढी। धनगढीको आकाशमा बुद्ध एयरलाइन्सको जहाजले फन्को लगाएको देखीएको छ । धनगढी विमानस्थल हुँदै बजार क्षेत्रमा फन्को मारिरहेको जहाज उडेको उड्यै गरेको देखेपछि मानिसहरुमा उत्सुकता जागेको छ ।धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बुद्ध एयरले ट्रेनिङ फलाइट गरिरहेको बताए।
Advertisement



उनले बुद्ध एयरको जहाजले एयर होस्टेजलाई समेत बाहिर राखेर दुई जना पाइलट र एक जना कोपाइलटले उडाइरहेको बताए ।जहाज धनगढी बजार क्षेत्रमा उडाउने, फन्को मार्ने, विमानस्थलमा अवतरण गर्ने कार्य भैरहेको बताए। उनले पाइलटले कोपाइलटलाई प्रशिक्षण दिइरहेको उनले जानकारी दिए । यात्रु राखेर ट्रेनिङ फलाइट गर्दा जोखिम हुने भएका कारण बिना यात्रु पाइलटले कोपाइलटलाई प्रशिक्षण भैरहेको उनले बताए ।
Advertisement
