धनगढी। कैलाली बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले स्वबियु निर्वाचनका लागी उम्मेदवार घोषणा गरेको छ। बिहीबार कैलाली बहुमखी क्याम्पसमा अखिल क्रान्तिकारीका बिद्यार्थी नेता तथा कार्यकर्ताले स्वबियु निर्वाचनका लागी उम्मेदवार घोषणा गरिएको हो।



अखिल(क्रान्तिकारी) को तर्फबाट कैलाली बहुमुखी क्याम्पसको स्वबियु सभापतिको उम्मेदवार पवन सुनार रहेको नेकपा माओवादी केन्द्रका नेता रमेश प्रसाद भटट्राईले बताए । यस्तै सचीव पदका उम्मेदवारमा बिनोद बिष्ट, कोषाध्यक्षमा दिनेश जोशी रहेका छन्। यस्तै सदस्य पदका उम्मेदवारहरुमा लक्ष्मी राना,कोपिल खड्का, प्रकाश लावद, सागर कुमार बिक, सतेन्द्र कुमार यादव, नविन सापकोटा, किरण कुमार बुचामगर, शारदा जोशी, दिपेन्द्र बहादुर धामी लगायतका रहेका छन्।अखिल(क्रान्तिकारी) को तर्फबाट कैलाली बहुमुखी क्याम्पसको स्वबियु सभापतिको उम्मेदवार विद्यार्थीको लोकप्रिय साहित्य तथा कला क्षेत्रमा दख्खल राख्ने अनुशासित, लगनशील पवन सुनारलाई बिजय गराउन आग्रह गरिएको छ । यस्तै सम्पुर्ण बामपन्थी, प्रगतीशिल, देशक्त तथा जनतान्त्रिक बिद्याथीहरु एक जुट होऔँ, खुल्ला प्रतिस्पर्धा र निशुल्क बिश्व बिद्यालय शिक्षा ज्ञान आधार, आसन्न स्वबियू निर्वाचनमा अखिल क्रान्तीकारीको सरोकार नारा सहित कैलाली बहुमुखी क्याम्पसमा अखिल निर्वाचनमा होमीएको छ ।
