कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ अमखैयाबाट भन्सार छली भित्र्याइएको १ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधबार बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेको हो। बरामद गरिएको सामानमा कपडा र दूध पाउडर रहेको छ। उक्त सामान भन्सार कार्यालय गड्डाचौकीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


