कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट प्रहरीले अबैध बोइलर कुखुरा बरामद गरि नष्ट गरेको छ। कञ्चनपुर प्रहरी कार्यालयबाट संयुक्त प्रहरी गस्ती टोलीले शुक्लाफाँटा नगरपालीका १ चौराहमा अबैध रुपमा भन्सार छली ल्याइएका २२ केजी बोइलर कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ।
अस्थाई प्रहरी पोष्ट बन्शाहबाट प्रहरीको टोलि खटिएको थियो। २२ केजिका १० वटा बोईलर कुखुरा बरामद गरी प्रहरी कार्यालयमा ल्याएर सरोकारवाला निकाय, प्रतिनीधि तथा प्रहरीहरुको रोहबरमा नष्ट गरीएको बताइएको छ।सरोकारवाला निकायहरुका प्रतिनीधिलाई बोलाई उनिहरुको रोहबरमा खाडल खनी खाडलमा पुरी नष्ट गरीएको जनाएको छ।


