कैलाली। कैलालीमा ट्याक्टर दुर्घटना भएको छ। ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाँडामा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी ७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो।
बुधबार राति ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटना के कारण भएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।


