कैलाली। कैलालीका बिभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएका प्रहरी टोलीले कैलालीका बिभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-४ यातायात कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय ५० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन्। बुधबार प्रहरीले धनगढी उपमहानगरपालिका-५ का ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र धनगढी वडा नम्बर–११ का ३० वर्षीय देबेन्द्र खड्कालाई पक्राउ गरेको हो।
यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका-१ सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन्। टिकापुर नगरपलिका-१ राजिपुर बस्ने २४ वर्षीय आबिनाश चौधरी र २२ वर्षीय बिक्रम चौधरीलाई पक्राउ गरेको प्रहरीले बताएको छ। बा.५४ प ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूको साथबाट ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध बरामद गरेको छ। लागूऔषधसहित पक्राउ परेका उनीहरु पाँचै जनामाथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।