धनगढी। उपभोक्ताले खाद्य बस्तु खरिद तथा उपभोग गर्दा सचेत बन्न सरोकारबालाहरुले जोड दिएका छन् । उद्योेग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय धनगढी र जिल्ला प्रशासन कार्यालय कैलालीको संयुक्त आयोजनामा धनगढीमा आयोजित विश्व उपभोक्ता अधिकार दिवस कार्यक्रममा सो कुरा बताएका हुन् ।
बजारमा खाद्यबस्तुहरुको लेवल नहेरेर वा उपभोग्य मिती सकिएका खाद्य बिक्री, व्यवसायीहरुले उपभोक्तामाथि आफ्नै मनोमानी बस्तुको मुल्य तोक्दा उपभोक्ता समस्यामा परेको बताइएको थियो । सबै सरोकारवालाहरुले आआफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न लाग्नुपर्ने सुझाब दिइएको छ। जसबाट उपभोक्ताहरुको अधिकार स्थापित हुनसक्ने धारणा राखिएको थियो । सरकार र संसद, बिभाग तथा मन्त्रालय, नियमनकारी निकाय, उधोगी ब्यापारी, उपभोक्तावादी संघसंस्था, मिडिया क्षेत्र, आम उपभोक्ताहरुले आ आफ्नो क्षेत्रमा लाग्ने हो भने सबै उपभोक्ताहरुको अधिकार स्थापित हुने खाद्य प्रबिधी तथा ग्ण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले बताए ।
सबै प्रकारका बस्तु र सेवाको गुणस्तर, मूल्य र तौल प्रति सचेत रहन र उपभोग्य अवधि समाप्त भएका बस्तुहरु खरीद नगर्न, होटलमा खाना खान जादा एकपल्ट किचेन आफैले हेरेर मात्र खाना अर्डर गर्न र बजारमा कैफियत पाइएमा सम्बन्धित नियमनकारी निकायमा उजुरी गुनासो गर्नुहुन उनले बताए । उपभोक्ता अधिकारसंग सम्बन्धित संघीय, प्रादेशिक र स्थानीय सबै किसिमका कानूनहरुमा दोहोरोपना नहुने गरी बिधमान कानूनहरुमा परिमार्जनगर्न र ऐन र नियमावली अनुरुप कार्य संचालन गर्न आवस्यक पर्ने सबै प्रकारका कार्यविधि, निर्देशिका तथा मापदण्डहरु तयारी तथा स्वीकृत हुनका साथै मातहत निकायहरुको प्रभावकारी अनुगमन गर्न जोड दिइएको छ।नियमनकारी निकायहरुले आआफ्नो म्यान्डेट र एक्स्पर्टीज अनुरुप सरोकारवालाहरुलाई आवस्यक परामर्श दिन तथा कानूनको प्रभावकारी हुनुपर्ने सरोकारबालाको भनाई छ । उधोगी ब्यापारीहरुले कानून बमोजिम दर्ता प्रक्रिया पूरा गरी सरकारी मापदण्डहरु लागु गर्नूपर्ने बताइएको छ। आम उपभोक्ता सचेतनामा समेत प्राथमिकताका साथ सहकार्य मिडियाहरुले सहयोग गर्नुपर्ने बताइएको छ । उपभोक्ताले सेवन गर्ने मुख्य बस्तु खाध पदार्थको नियमन सम्बन्धमा कार्यपत्र समेत प्रस्तुत गरि सरोकारवालामा सुसूचित प्रदान गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले नागरिकहरु स्वयमले आफु सचेत रहेर कुनै पनि होटेल वा पसलमा सामान खरिद गर्दा सामानको रेट लिस्ट तथा डेट समय हेर्ने बानीको विकास गर्न जरुरि रहेको बताए । यस्तै कुनै उपभोक्ताले उपभोग्य बस्तुमा खराबी गरिरहेको छ भने स्वयम नागरिकले सचेत गराउन जरुरिरहेको र व्यावसायीक उद्योगहरु दर्ता गर्न जादा हरेक उपभोग्य बस्तुहरुमा छाप तथा मितिका कुराहरुमा नेपाली भाषामा नै लगाउन पहल गरेमा उपभोक्ताहरु ठगी तथा कालोबजारीबाट बच्ने बताए। यस्मा नागरिक स्वयम आफुले अघि सरे अनुगमन टोलीलाई पनि अनुगमनमा सहज पुग्ने उनको भनाई छ। उपभोक्ताहरुको संरक्षण हितको समिक्षा गर्दै अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीले १९६५ मार्च १५ मा अमेरिकी कंग्रेसमा अधिकार सहितको उपभोक्ता बिल अफ राईटको घोषणा गरेको दिनको सम्झनामा यो दिवश मनाउन थालिएको हो।