कैलाली। कैलालीको चुरे क्षेत्रमा सडक बत्ती र सिसी क्यामरा जडान गरिएको छ। कैलालीको चुरे गाउँपालिकाले महत्त्वपूर्ण स्थानमा सडक बत्ती र सिसि क्यामेरा जडान गरेको जनाएको छ। गाउँपालिकाले आफ्नै खर्चमा मिलन चोकदेखि निङलाडी पुल सम्म बजारमा सडक बत्ती जडान गरेको गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले बताए।
सडक बत्ती जडान भएसँगै यस क्षेत्रमा स्थानीय सुरक्षामा दृष्टिकोणले सहज भएका बताएका छन्। नगरपालिकाले महत्त्वपूर्ण स्थानमा सिसि क्यामेरा पनि जडान गरेको छ। सिसि क्यामेराको निगरानीको जिम्मा प्रहरीलाई दिइएको छ।गाउँपालिकाका अध्यक्ष बोगटीले एक कार्यक्रममा बिच प्रहरीलाई सिसि क्यामेरा निगरानीको जिम्मा दिएका थिए। गाउँपालिकामा सिसि क्यामेरा र सडक बत्ती जडान भएपनि चोरी र दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ।