अछाम। अछामका एक युवक वेपत्ता भएका छन्। अछामको साँफे बगर नगरपालिका वडा नम्बर ५ दोपाटा बस्ने २८ बर्षिय दिनेश दमाई बेपत्ता भएको पिडीत पररिवारले बताएका छन्। पारिवारीक स्रोतका अनुसार उनि भारतको गुजरात जाने भन्दै फागुन १५ गते साझँ चार बजे घरबाट निस्केका थिए।
Advertisement



आज सम्म सम्पर्कमा नआएकाले खोजी गरि दिन उनका आमा मुगा दमाईले आग्रह गरेकी छन्। हरियो सर्ट र कालो पाईन्ट लगाएको,गहुगोरो दिनेश दमाईलाई देख्नु हुने जो कोहिले नजिकको प्रहरी कार्यालय वा उनका आमा मुगा दमाईको मोबाइल नम्बर ९८६३१०६१०७ वा ९७६९९३९०८५ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।
Advertisement
