धनगढी : राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष प्रेम बिसी सहित ३ सय ९१ जना नेकपा एमालेमा फर्केका छन् । लामो समय एमालेमा रहेर काम गरी पछिल्लो समय अन्य राजनितिक दलमा आबद्ध भएका धनगढीका बिसी सहित ३ सय ९१ जना एमालेमै फर्किएका हुन् । आज एक कार्यक्रमबा बिच नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्ट र पोलिट्ब्युरो सदस्य गणेश ठगुन्नाले बिसी सहित नव प्रवेशीहरुलाई टिका र खादा लगाएर एमालेमा स्वागत गरेका हुन् ।
राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष प्रेम बिसीले २०६४ सालमा एमाले छोडेका थिए । एमाले फर्किएसँगै उनले देशको एक मात्र राष्ट्रियता बोकेको पार्टी एमाले मात्रै रहेको बताए । ०४८÷०४९ हामीले धेरै दुख गरेर का थियौँ । राष्ट्रयताको अडानमा सबैले गर्भ गर्ने पार्टी भएको छ । अत्यन्त खुसी लागेको छ । आज म पनि आफ्नो पुरानो घरमा फर्किएको छु’ उनले भने, ‘धेरै खुसी छु । अब यो घर अझै बलियो बनाउनु छ । ’
उनले एमालेलाई पहिलो शक्ति बनाउने गरि अभियान थाल्ने बताए । बिभिन्न समयमा एमाले छोडेकाहरू र अन्य पार्टीमा रहेकाहरूलाई पनि एमाले फर्किन उनले अपिल गरेका थिए । देशै भरी राष्ट्रिय दलित मुक्ति अभियानका जोडिएका सबै एमालेमा फर्किने उनले विश्वास व्यक्त गरेका थिए ।