कञ्चनपुर। कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी बिशेष टोलीले २९ वर्षपछि जारीमुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
मिति २०५० माघ २३ गते जिल्ला अदालत दैलेखबाट जारीकेश मुद्दामा फरार रहेको अभियुक्त दोधारा चाँदनी वडा नम्बर ५ बाबाथान बस्ने धन बहादुर थापालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुर प्रहरीले फरार रहेको अभियुक्तलाई निजकै घरबाट पक्राउ गरी अदालतमा पेश गराईएकोमा अदालतबाट तोकिएको सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ। उनलाई कञ्चनपुर जिल्ला अदालतले १ हजार जरिवाना रुपैयाँ र १ महिना कैद भुक्तानको लागी कारागार कञ्चनपुर पठाएको छ।


