कञ्चनपुर। कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–७ बाट लागूऔषध चरेशसहित मदनदेव भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई ०.०७२ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउगरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।


