धनगढी। धनगढीका पत्रकार रमेश ऐडिले मानव सेवा आश्रममा दिवा खाना सहयोग गरेका छन् । पत्रकार ऐडिले आफ्नी स्वर्गीय आमाको बार्षिक पुण्य तिथिको अवसरमा आश्रममा दिवा खाना सहयोग गरेका हुन् ।
फूलवारी खबरमा कार्यरत पत्रकार ऐडिले मानवसेवा आश्रम धनगढीलाई आफ्नी स्वर्गीय आमा बिष्णदेबि ऐडिको स्वर्गारोहणको बार्षिक पुण्यतिथिको अवसर पारेर मानव सेवा आश्रममा भोजन सहयोग गरेको बताए। उनले आश्रममा भोजन दान गर्दै आमा भगवान रुपी भएकाले आमाको सम्झनामा सेवा गरेको बताए । आमालाई सम्झदै प्रत्येक बर्ष पुण्य तिथीको दिन गरिव दिनदुखी असहायलाई भोजन गराउने समेत बताएका छन् ।
मानवसेवा आश्रम धनगढीका सदस्य संयोजक आदर्श ढकालले आश्रममा भोजन सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् । उनले धनगढी उपमहानगरपालिका १५ उर्मामा बन्न लागेको आश्रमको आफ्नै भवन भ्रमण गरिदिन आग्रह गर्दै आश्रममा सहयोग गरेकोमा धन्यवाद ब्यक्त दिए। कार्यक्रममा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।मानव सेवा आश्राममा बेसाहारा, सडकमानव, घरवारविहीन महिला पुरुष गरि जम्मा ४५ जना आरक्षण लियर बसिरहेका छन्। उनीहरुलाइ सहयोग संकलन मार्फत आएको खाद्यान्न तथा आर्थिकबाट पालन पोषण हुने गरेको छ ।


