धनगढी। सुदुरपश्चिमको अस्थायी राजधानी तथा मुख्य ब्यापारीक केन्द्र धनगढी सडककै अवस्था कारण आलोचित बन्ने गरेको छ । १९ वटै वडा रहेको धनगढी उपमहानगरपालीकाका सडक नाजुक अवस्था रहेपनी उपमहानगरपालीकासँगै जोडिएको मुख्य बजारकै सडक अवस्था दैनिय अवस्था छ।



धनगढीको मुख्य बजार चौराह देखी क्याम्पसरोडसम्मको सडक बिचमा खाल्टाखुल्टी पर्दा स्थानियलाई आवतजावतमा सास्ती हुने गरेको छ । धनगढी ८ क्याम्पसरोडका नरेश चौधरीले टालाटुली हालेर काम चलाएका सडकले आवतजावत र दुर्घटना निम्त्याएको बताए। धनगढी चौराह, पुरानो भन्सार नजिक, मुख्यमन्त्री कार्यालय अगाडी, कैलाली पुल, एलएन चौक, पुस्पलाल चोक, पुरानो फुलबारी बषपार्क तथा क्याम्पसरोड बिच सडकमा खाल्टाखुल्टी परेका छन्।
बर्खामा हिलो र सुख्खा तथा गर्मी समयमा धुलो धुँवाले झन् स्थानियलाई समस्या हुने गरेको छ। बिच सडकमा खाल्टाखुल्टी पर्दा हरेक दिन सवारीमा आवतजावत गर्ने यात्रुलाई दुर्घटनाको जोखीम बढाएको छ। उनले भने,उपमहानगरपालीकाका बिगतका मेयर सापले पनी कयौँ पटक सडकका खाल्टाखुल्टी पुरेका थिए। पटक पटक खाल्टाखुल्टी पर्दै आएको सडकमा अहिले पनी त्यही अवस्था रहेको छ। अहिलेका मेयर गोपाल हमालले एक पटक काम गरेजस्तो गरेर सडकका खाल्टाखुल्टी पुरेका थिए, अहिले त केही छैन् उनले भने। सडक मर्मतमा धनगढी उपमहानगरपालीकाले गुणस्तर कायम गरेर दिगो ब्यवस्थापनमा ध्यान दिनुपर्छ उनले भने। ति सडकका खाल्टाखुल्टी कहिले देशका शिर्ष नेता आउँदाकाबखत पुरिन्छन् भने कति बेला बजेट सक्ने बेला मर्मत गरीने गरेको स्थानियले बताउने गरेका छन्।यस्तै धनगढी उपमहानगर १ का दिनेश जोशीले सडक मर्मत हुन नसकेको भन्दै धनगढी उपमहानगरपालीकाले छिटो निर्माण गर्नुपर्ने सुझाब दिए। उनले मुख्यबजारमा खाल्टाखुल्टी पर्दा धेरै जसो दुर्घटना हुने गरेका छन् उनले भने, हिजो अस्ती मात्रै एक जना साथीको लडेर हात भाँचिएको छ, उस्को खर्च उपमहानगरपालीकाले बेहोर्ने होर, उनले प्रश्न गरे । कैलाली पुल नजिकको खाल्टा खुल्टी नपुरिएको दुई महिना भन्दा बढी भैसक्यो पानी जाम हुन्छ, हिँड्न नै समस्या हुन्छ उनले भने । धनगढी उपमहानगरपालीकाका मेयरले यस्ता स साना जनताका आधारभुत आवश्यकतालाई ध्यान दिनुपर्ने कुरामा सुझाब उनले दिए।
यता यस बिषयमा कुरा राख्दा धनगढी उपमहानगरपालीकाका प्रमुख गोपाल हमालको फोन स्वीच अफ रहेको थियो । धनगढी उपमहानगरपालीकाका डिभिजनल इन्जिनियर दिज राज भट्टले केही समयपछि सडकका खाल्टाखुल्टी पुरिने बताए। अहिले सडकमा नयाँ नाली बनाउने काम चलिरहेको छ यो काम ३ महिनामा सकिन्छ, तर सडकका खाल्टाखुल्टी माटो हालेर पुरिन्छ उनले भने, खाल्टाखुल्टीको काम केही दिनमा हुन्छ उनले भने। सडक मर्मतका लागी संघिय सरकारबाट १ करोड र उपमहानगरपालीकाले ५० लाख छुट्याइने गरिएको छ।



