धनगढी। धनगढीस्थीत एक सामुदायिक वनमा आइतबार राति आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–३ मा शिवपुरीधाम बोराडाडीको शिवपुरी सामुदायिक बनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले शिवपुरी सामुदायिक बनमा आइतबार राति करिव सवा ८ बजे आगलागी भएको बताए। स्थानिय र सुरक्षाकर्मीको पहलमा आगो नियन्त्रणमा आएको उनले बताएका छन् । आगो केहीबेरमा प्रहरीले नियन्त्रणमै आगलागी आएको र के कती कारणले आगलागी भएको भन्ने बिवरण आउँन बाँकी छ।

