कञ्चनपुर। कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० तिल्केनीमा शनिवार से ६ प २६६४ नम्बरको स्कुटर दुर्घटना हुँदा वडा नम्बर ४ भगतपुरका आयुष केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले स्कुटर अनियन्त्रित भइ शनिबार राति दुर्घटना भएको जानकारी दिए। स्कुटरमा सवार पदम केसीका १४ वर्षीय छोरा आयुष महेन्द्रनगर नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। दुर्घटनामा गम्भीर घाइते आयुष भारतको भोजिपुरास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बतार्एको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। भने घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
Advertisement
