धनगढी। धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण गरिएको छ। धनगढीखबरमा कार्यरत पत्रकार ऐरमाथि शनिवार राति ९ बजेतिर रुवस होटलमा आक्रमण भएको पत्रकार मोहन पनेरुले बताए। पनेरुका अनुसार ऐर रुवस होटलको प्रवेशद्धवारमा अचेत अवस्थामा भेटिएका थिए।
ऐरको टाउकोमा गम्भिर चोट लागेको छ। ऐरको शनिवार राति सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको छ। उनको टाउकोमा पाँच वटा टाँका लागेका छन्। पत्रकार ऐरलाई धारिलो हतियार वा सिसाले आक्रमण गरेको हुन सक्ने पत्रकार पनेरुले बताए। समाचारको विषयलाई लिएर अस्पताल व्यवसायी तथा औषधि व्यवसायीहरुले पत्रकार ऐनमाथि आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।
घटनाको बारेमा बुझ्ने, होटलको सीसी टिभी फुटेज जाँचबुझ गर्ने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । आइतवार घटनाको विषयमा थप अनुसन्धान हुने पत्रकार महासंघले बताएको छ।शनिवार राति ऐर माथि धारिलो बस्तुले टाउकोमा प्रहार गरिएको घट्ना प्रति घोर निन्दा गरिएको छ ।


